काठमाडौं । काठमाडौंको कपनमा ६ दिन अघि ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।
गत मंगलबार बेलुका बूढानीलकण्ठ नगरपालिका १० र काठमाडौं महानगरपालिका ६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर बेपत्ता भएका १० वर्षिय बालकको शव ललितपुरमा भेटिएको हो ।
प्रहरीका अनुसार १० वर्षिय उज्वल विकको शव महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको हो ।