आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

खोलामा डुबेर अछाममा एक बालकको ज्यान गयो

शनिबार, असोज ९ २०७८

काठमाडौं । अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । पानीमा डुबेर ढकारी गाउँपालिका १ डाँडाघरेलका  चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढकारीले जनाएको छ ।

चित्रे खोलामा  नुहाउने क्रममा पानीमा डुबेर बालकको मृत्यु भएको प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले  जानकारी दिनुभयो ।

स्थानीय अमरे बुढाले भैँसीलाई पानी खुवाउने क्रममा पानीमुनि तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।