शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ईपीएल आजदेखि , उद्घाटन खेलमा ललिपुर र काठमाडौं भिड्दै

शनिबार, असोज ९ २०७८

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी- ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुदैछ  ।  

टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल दिउसो सवा १२ बजे सुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशलले पाएका हुन् ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका  रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहने छन् ।

काठमाडौं किङ्स भने सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ ।  काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाश जस्ता खेलाडी रहेका छन् । ललितपुर र काठमाडौंबीचको पछिल्लो भेटमा ललितपुर बलियो देखिएको छ । ललितपुरले यस अघिको तीन भेटमा जित निकालेको थियो ।

चौंथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउदै छन् । 

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने छ ।