शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कांग्रेस संस्थापनविरुद्ध बरिष्ठ नेता पौडेल समूह किन उत्रियो प्रतिकारमा ?

बिहिबार, असोज ७ २०७८

काठमाडौं । पार्टी मुख्य कार्यालय सानेपामा धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेस संस्थापन इतर समूह प्रतिकारमा उत्रिएको छ । पौडेल समूहले पार्टी मुख्य कार्यालयमा विरोध र धर्ना दिने तयारी गरेको छ ।

कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा विरोध प्रदर्शन गर्न लागिएको हो । सिंहका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला लगायतका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिने भएका हुन् ।

गत मंगलबार प्रदेश–२ का युवा तथा खेलकुद र महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही जिल्ला बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हतपात गरेको भन्दै पौडेल समूह विरोधमा उत्रिएको हो । 

उनीहरु बीच क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएको थियो । पार्टी कार्यालय सानेपामा भएको त्यो विवादबारेको करिब दुई मिनेट लामो भिडियो समाजिक सञ्जालमा समेत भाइरल बनेको छ ।

यहि विषयलाई लिएर संस्थापन इतर समूहले संस्थापन पक्षलाई दबाव बढाउन लागेको हो ।