काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारीको टुङ्गो लगाएको छ । चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् ।
यस्तै, महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल चयन भएका छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्रीलाई चयन गरिएको छ ।
सचिवालयले टुङ्गो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिने छ ।
नेकपा समाजवादीको वरिष्ठ नेतामा झलनाथ खनाललाई राखिएको छ ।
नेकपा समाजवादीको स्थायी कमिटी ३१ सदस्य रहने छ ।
पोलिटव्युरो पनि आजै घोषणा गरिने बताइएको छ ।