बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसका यी मन्त्रीले पार्टी कार्यालयमै पिटे कार्यकर्तालाई

बुधबार, असोज ६ २०७८

सर्लाही । नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर–२ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन् ।

सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुर्व्यवहार गरेका हुन् ।

सर्लाही–४(क)बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि उनलाई पार्टीका अन्य नेताहरूले मन्त्री जस्तो मान्छे यस्तो गर्ने हो भन्दै त्यहाँ रहेका अन्यले रोकेका थिए ।

सदस्यताको विषयमा समस्या उत्पन्न भएपछि केही समयअघि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामाको घोषणासहित पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए । त्यहाँको सदस्यता विवाद अझै सुल्झेको छैन । नागरिक दैनिकमा खबर छ l