शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिमले आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै

बुधबार, असोज ६ २०७८

नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग आगामी आइतबार मैत्रीपूर्ण खेल खेल्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल्न लागेको हो ।  

साफको तयारीका लागि नेपाली टिम कतारमा छ । यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म हुदैछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।  

नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ ।

नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर असोज २४  र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर असोज ३० गते प्रतिस्पर्धा गर्ने छन्।