काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सरकार विस्तारमा ढिलाई भइरहेको आलोचना खेपेको नेतृत्वले आज पदाधिकारीसँग छलफल गर्न लागेको हो । यसकालागि बैठक तीन बजे सभापति शेरवहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।
सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको देउवा निकट नेताको भनाई छ । हिजो बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री देउवाले नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरिएको छ । डा खड्कालाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने बताइएको छ ।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए ।
साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाए यता सरकार विस्तार हुन सकेको थिएन ।