शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सिद्धार्थ बैंकद्वारा जोन्ता क्लब काठमाण्डौं नेपाललाई सहयोग

बुधबार, असोज ६ २०७८

काठमाडौँ l सिद्धार्थ बैंक लिमिटेडले मंगलबारको दिन काठमाण्डौ महानगरपालिका कमलादीस्थित जोन्ता क्लब काठमाण्डौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत चार लाख ९७ हजार दुई सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले जोन्ता क्लब काठमाण्डौं नेपालका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन । 

बैंकबाट प्राप्तउक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्नेछ । साथै विभिन्न सामाजिक संजालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसा विरुद्ध आवाज उठाउन प्रोत्साहन गर्नेे उद्देश्य जोन्ता क्लबको रहेको छ ।

समाजमा भईरहेका भेदभाव, अत्याचार तथा हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हकअधिकारका लागिकार्यहरु गर्दै आईरहेको संस्था, जोन्ता क्लबलाई बैंकले पु¥याएको यस सहयोगबाट महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामीदिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।