बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बजेट पास, शेयर बजार फेल

सोमबार, असोज ४ २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले २०७८ /०७९ को बजेट पास गरेको छ भने आज कैं दिन नेप्सेमा भिषण पहिरो गएको छ ।

आज नेप्से एक सय १४ दसमलव दुई अंकले घटेर २६ सय ९८ दसमलव २५ अंकमा झर्दा सेन्सिटिभ पनि १९ दसमलव ५१ अंकले घटेर पाँच सय छ दसमलव २७ अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख सात हजार पाँच सय ९६ पटकको कारोवारमा एक करोड ७३ लाख ३० हजार पाँच सय ३८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम आठ अर्ब ४९ करोड ३४ लाख एक हजार नौ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५१ दसमलव ४४६ अंकले घटेर १८ सय ५६ दसमलव नौ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि दुई सय २० दसमलव २९ अंकले घटेर तीन हजार १८ दसमलव ६९ अंकमा झरेको छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेका छन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्मार्ट लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पोखरा फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।