बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन छाड्दैछन् कोहलीले कप्तानी ?

सोमबार, असोज ४ २०७८

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान समेत रहेका कोहलीले  कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

सन् २०१३ बाट बैंगलोरको कप्तान रहेका कोहलीले आईपीएलको यस सिजनको समाप्तिसँगै कप्तानी छाड्ने बताएका छन् । कोहलीको कप्तानीमा बैंगलोरले १ सय ३२ खेलमा ६२ जित निकालेको छ । ६६ खेलमा पराजित हुँदा ४ खेल नतिजा विहीन सकिएको छ । कोहलीले गत साता भारतको टी–ट्वान्टी टिमको कप्तानी पनि छाड्ने घोषणा गरेका थिए ।

कोहलीमाथि  दोहोरो पदमा बसेर फाइदा उठाएको आरोप लाग्दै आएको थियो । कोहलीले बिसिसीआईको नियम उलंघन गरेको र एक पद त्याग्नुपर्ने आवाज उठिरहेको थियो ।