शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मल नल्याएर हाहाकार मच्चाउने ठेकेदारलाई देउवाको उपहार

सोमबार, असोज ४ २०७८

काठमाडौँ l संविधान दिवसका असरमा रासायनिक मल समयमा आयात नगरेको आरोप लागेका होनिका कम्पनीका सञ्चालक हुमनाथ कोइरालालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले उपहार स्वरूप प्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गरेको छ l 

कांग्रेस निकट ठेकेदार रुपमा पहिचान बनाएका र राज्यलाई पटकपटक हानि पुर्‍याएका कोइरालालाई पनि सरकारले प्रबल जनसेवीश्री विभुषणबाट सम्मानित गर्ने भएको हो। उनको नाम प्रबल जनसेवाश्री पदकको १०८ नम्बरमा उल्लेख छ।

कोइरालाले सञ्चालन गरेको होनिका कम्पनीले गत वर्ष कृषि सामाग्री कम्पनी लिमिटेडसँग गरेको सम्झौता अनुसार मल नल्याउँदा देशभर हाहाकार मच्चिएको थियो। जसका कारण कृषि उत्पादनमै असर परेको कृषि मन्त्रालयले दाबी गरेको छ।

मल नल्याएपछि कृषि मन्त्रालयको सिफारिसमा उक्त कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई वर्षका लागि कालो सूचीमा राखेको थियो।

गत वर्ष कृषि सामग्री कम्पनी लिमिटेडले होनिको मल्टिपल र शैलुङ इन्टरप्राइजेजसँग रासायनिक मलका ल्याउनका लागि ठेक्का लिएको थियो। दुई कम्पनीले २५/२५ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रतिबद्धता जनाए पनि नल्याएपछि कम्पनीले बाध्य भएर सम्झौता अन्त्य गरेर कालोसूचीमा राख्ने निर्णय गरेको भएको हो।

लिमिटेडले उनीहरुले धरौटी स्वरुप राखेको ९ करोड समेत जफत गर्ने निर्णय लिएको छ। पछि त्यसका विरुद्ध अदालत गए पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।