शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अनेरास्ववियुको पुर्नगठन गरिदै, को बन्ला त नयाँ अध्यक्ष ?

शनिबार, असोज २ २०७८

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज नया नेतृत्व चुन्ने भएको छ ।

आज बस्ने सचिवालय बैठकले   अनेरास्ववियुको नेतृत्व पुनर्गठन गर्ने भएको हो । आगामी चैतमा राष्ट्रिय महाधिवेशन गर्ने भएकाले सो अगावै नेतृत्वको पुर्नगठन गर्न लागिएको हो । यसकालागि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बोलाइएको छ ।

महाधिवेशन कसले गराउने भन्नेमा पदाधिकारीबीच नेतृत्वमा पुग्ने तिब्र प्रतिष्पर्धा देखिएको छ ।  हालका उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र सचिव आरसी लामिछानेले आकांक्षा देखाएका छन् । यी चार जनामध्येबाट नै एक जनालाई नेतृत्वको जिम्मेवारी दिईने तयारी छ ।

यद्यपी पार्टी अध्यक्ष केपी ओलीले भने बराललाई नेतृत्व दिने रुचि देखाएका छन् ।  

त्यस्तै बैठकले संगठनका अन्य पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा सदस्यहरूको पनि टुंगो लगाउनेछ।  संगठनका अध्यक्ष ऐन महरसहितका बिदा हुने उपाध्यक्षहरुलाई पार्टीको प्रदेश कमिटीमा जिम्मेवारी दिने गरी संगठनको पुनर्गठन गर्न लागिएको संगठनले जनाएको छ ।