शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिसतसम्मको छुट

शनिबार, असोज २ २०७८

काठमाडौँ l पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिसत र फुड एण्ड वेभरेजमा १४ प्रतिसत छुट पाउनसकिने छ । 

साथै, ‘द एभरेष्ट होटल’ सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दे होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिसत छुट सम्बन्धी सम्झौता गरेको छ ।