शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

यसपाली दसैंमा नयाँ नोट पाईने, एकजनालाई साढे १८ हजारसम्म

बुधबार, भाद्र ३० २०७८

दसैँ तथा तिहारलक्षित गरेर राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट निष्कासन गरेको छ । असोज ४ देखि २४ गतेसम्म नयाँ नोट साट्न पाइने राष्ट्र बैंक नोट विभागले जनाएको छ ।  नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै असोज ४ गतेबाट नयाँ नोट साट्न सर्वसाधारणलाई जानकारी गराएको हो ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट पनि सटहीको व्यवस्था मिलाइएको  छ । राष्ट्र बैंकका अनुसार साना र ठूला दरका गरी एक जनाले १८ हजार ५ सयसम्म उपलब्ध गराइने  छ । संस्थागत प्रयोजनका लागि भने २ देखि ५ करोडसम्म उपलब्ध गराइने राष्ट्रबैंकले जनाएको छ ।

गत वर्ष भने कोरोनाको जोखिमको  कारण देखाउदै राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।