काठमाडौँ l नेकपा एमालेबाट विभाजित माधव नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ ।
साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुने भने भुसाल राष्ट्रियसभा सदस्य । भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन् ।
नेपालनिकट स्रोतका अनुसार उनी बेदुराम भुसाललाई अवसर दिन चाहान्छन् । त्यस्तै बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित छ ।
केपी ओलीको मन्त्रिमण्डलमा वनमन्त्री रहेका प्रेम प्रसाद आलेले ओली समूहबाट विद्रोह गरेर ८ संसादसहित माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएकाले यसको उच्च कदर गर्दै आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी चलीरहेको स्रोतले जनाएको छ ।
यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को पहिलो महिला अध्यक्ष भैसकेकी साथै हाल नेकपा एकीकृत समाजवादी पार्टीमा निडरताका साथ माधव नेपालको पक्षमा उभिएकी महिला नेत्री रामकुमारी झाँक्रीलाई शिक्षामन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।