शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

किन बोलाए सभामुखले सर्वदलीय बैठक बस्दै ?

सोमबार, भाद्र २८ २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जारी राखेको अवरोध हल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।

‘संसदको गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ’, सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बैठक राख्नु भएको छ ।’

संसदमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । उक्त अवरोध हटाउने पहलस्वरुप सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि सभामुख सापकोटाले आइतबार कानुनमन्त्री राखेर नेकपा (एमाले) का सांसदसँग पनि वार्ता गरेका थिए । सभामुखले वार्ता गरेर बैठक राखे पनि वार्तापछिको बैठक एमालेले अवरोध गरेको थियो ।

सभामुख सापकोटाले मंगलबार सम्मका लागि बैठक स्थगित गरेका छन् । एमालेले यही भदौ २३ गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ । माधव नेपालसहित १४ जनालाई कारवाही भए मात्र संसद वैठक अघि बढ्न सक्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेले बताउँदै आएको छ ।