काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । हिजो स्थगित भएको बैठक आज बसेको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजना भएको बैठकमा सहभागी हुन नेताहरु विहान ९ बजे नै पुगेका थिए ।
विधान महाधिवेशन केन्द्रित स्थायी कमिटी बैठकले नेताहरुको कार्यविभाजनलगायतमा निर्णय गर्ने बताईएको छ ।
त्यस्तै एमसीसीका बारेमा पनि बैठकले पार्टीको आधिकारिक धारणा तय गर्ने नेताहरुले बताएका छन् ।
शुक्रवार निर्धारित बैठक संसदको कारवाहीका कारण आजलाई सरेको थियो ।