शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पपुवा न्युगिनीलाई नेपालको २ सय ३४ रनको लक्ष्य

शनिबार, भाद्र २६ २०७८

काठमाडौं । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल निर्धारित ५० ओभरमा ३ बल अगावै २ सय ३३ रनमा अल आउट भयो । पपुवा न्युगिनीविरुद्ध उत्कृष्ट ब्याटिङ प्रर्दशन गरेका रोहित कुमार पौडेलले ८६ रन बनाए ।

रोहितले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । पपुवा न्युगिनीका चाड सोपारले सर्वाधिक तीन विकेट लिए । पहिलो खेलमा समेत हारतर्फ उन्मुख नेपाली टिमलाई रोहित र सोमपाल कामीले जोगाएका थिए । १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ८२ रन जोड्न ७ विकेट गुमाईसकेको थियो ।

पिचमा टिकेर खेलेका रोहितले ४१ रनको योगदान गर्दै नेपाललाई जित दिलाएका थिए । सोमपालले समेत २२ रनको योगदान गरेका थिए । आठौं विकेटका लागि दुवैले ५२ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेलेको हो ।

पहिलो खेलमा नेपालले २ विकेटको जित निकालेको थियो । दुई खेलको सिरिजमा नेपाल १- ० ले अघि  छ ।