शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सरकार विस्तारमा सत्ता गठबन्धन आज पनि अनिर्णित, एमसीसीबारे फरक मत

शुक्रबार, भाद्र २५ २०७८

काठमाडौं । सत्तारूढ  गठबन्धनले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा बुधबारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल गरे पनि ठोस निर्णय नभएको बताईएको छ । 

      बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन भईरहेको ढिलाई प्रति गठबन्धन दलका नेतासँग असन्तुष्टि व्यक्त गरेका छन् ।   प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि  मन्त्रिपरिषद् विस्तार गर्न दबाब बढिरहेको छ ।

      बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत गठबन्धनका  नेताहरुको सहभागिता थियो । बैठकमा विपक्षी नेकपा (एमाले) ले संसद् अवरुद्ध गरेपछिको अवस्थाबारे पनि समीक्षा भएको थियो ।