शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाली महिला टिम र बंगलादेश भिड्दै, पहिलो चोटी नेपाली टिम रङ्गशालामा उत्रने

बिहिबार, भाद्र २४ २०७८

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै छ। खेल, काठमाडौंको दशरथ रंगशालामा साँझ ५ बजे  सुरु हुनेछ ।

यो मैत्रीपूर्ण खेलसगै नेपाली महिला टोलीले दशरथ रङ्गशालामा डेब्यू गर्दै छ । यसअघि महिला टोलीले दशरथ रङ्गशालामा फुटबल खेलेको थिएन । 

नेपालसँग दुईवटा मैत्रिपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली गत सोमवार नै नेपाल आइसकेको छ ।

विदेशी प्रशिक्षक ग्यारी फिलिप्सले तयार पारेको टोलीका सात खेलाडी राष्ट्रिय टिममा डेब्यु गर्ने तयारीमा रहेका छन् । उज्वेकिस्तानमा हुने एएफसी महिला एसिया कप फुटबल छनोटको तयारी स्वरुप नेपालले बंगलादेशसँग अभ्यास खेल खेल्न लागेको हो ।