शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कांग्रेस वडा अधिवेशन : ४२ जिल्लामा केहीले ?

शनिबार, भाद्र १९ २०७८

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका २१ जिल्लामा समेत वडा अधिवेशन गर्न सकेन ।

नामावली प्रकाशित भएका जिल्लामा हिजो वडा अधिवेशन गर्ने कार्यतालिका भएपनि ३५ जिल्लामा मात्र वडाअधिवेशन भएको छ ।

आसन्न १४ औं महाधिवेशनमा जुटेको कांग्रेसले ५६ जिल्लाका क्रियाशील सदस्यता नामावली प्रकाशित गरेको थियो ।

हिजो अधिवेशन भएका अधिकांश वडामा सर्वसम्मत तथा केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन भएका वडाको मत परीणाम  आजसम्ममा केन्द्रमा आइपुग्ने समितिले जनाएको छ ।

अधिवेशन हुन बाँकी जिल्लाका वडाअधिवेशन  भदौ २३ गतेसम्म सम्पन्न गर्ने समितिले जनाएको छ ।

यसबाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशःप्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ तथा नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न गर्ने पार्टी कार्यालयले जनाएको छ ।

करिब ९ लाखको संख्यामा रहेका कांग्रेसका क्रियाशील सदस्य नै पार्टीका नेता छान्ने मतदाता हुन् । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गते हुने कार्यतालिका छ ।