काठमाडौँ l यो साता सेयर कारोवार रकम गत सातााको भन्दा बढेको छ । गत साता तीन दिन मात्र नेप्सेमा खुलेकोमा यो साता चार दिन नेप्से खुलेकारण पनि कारोवार रकम बढेको हो । सोही आधारमा नेप्से यो साता दुई हजार नौ सय २६ दसमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ पाँच सय ४१ दसमलव ७७ अंकमा पुगेको छ ।
दुई सय ३० वटा कम्पनीहरुको सेयर पाँच लाख २८ पटकको कारोवारमा आठ करोड ३२ लाख ९० हजार आठ सय ६४ कित्ता सेयर खरिद बिक्री हुुंदा यो साता कुल कारोवार रकम ४७ अर्ब ७६ करोड ८७ लाख ११ हजार ८९ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा बढी हो ।
गत साता भने दुई सय ३२ वटा कम्पनीहरुको चार लाख छ हजार आठ सय २३ पटकको कारोवारमा छ करोड ६६ लाख छ हजार चार सय ७९ कित्ता सेयर खरिद बिक्री हुदा कुल कारोवार रकम ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार तीन सय ५६ रुपैयाँ पुगेको थियो । यो साता नेप्से चार कार्य दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पहिलो, तेस्रो र पाँचौं दिन नेप्से घटेर चौथो भने झिनो अंकले बढेको थियो । दोस्रो दिन भने नेप्से बन्द रहेको थियो ।
सो मध्ये पहिलो दिन नेप्से ४९ दसमलव १८ अंकले घटेर तीन हजार ४४ दसमलव ८६ अंकमा पुगेकोमा सेन्सिटिभ पनि आठ दसमलव ५७ अंंकले घटेर पाँच सय ६२ दसमलव ८८ अंकमा पुगेको थियो ।
दोस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
तेस्रो दिन नेप्से ६९ दसमलव पाँच अंकले घटेर दुई हजार नौ सय ७५ दसमलव ८४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि १२ दसमलव ३४ अंंकले घटेर पाँच सय ५० दसमलव ५२ अंकमा पुगेको थियो ।
चौथो दिन भने नेप्से एक दसमलव १४ अंकले बढेर दुई हजार नौ सय ७६ दसमलव ९८ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव १७ अंकले बढेर पाँच सय ५० दसमलव ६९ पुगेको थियो ।
पाँचौं दिन भने नेप्से ५० दसमलव १३ अंकले घटेर दुई हजार नौ सय २६ दसमलव ८९ अंकमा पुगेकोमा सेन्सिटिभ पनि आठ दसमलव नौ अंकले ओरालो लागेर पाँच सय ४१ दसमलव ७७ अंकमा पुगेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा अरुण भ्याली हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, अरुण भ्याली पावर लिमिटेड आदि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेकाछन ।
सेयर सुचीकरणतर्फ भने यो साता नयाँ सारथी लघुबित्त बित्तीय संस्था, सानिमा लाईफ इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोष, स्वालम्वन लघुबित्त बित्तीय संस्था र समृद्धि फाईनान्स सहित पाँच वटा संस्थाहरुको बोनस, साधारण एवं हकप्रद सेयर नियिमत कारोवारका लागि सुचीकृत भएकाछन ।