शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा पार्टीका सबै जिम्मेवारीबाट राजिनामा, अध्यक्ष ओली नसुध्रिएको आरोप

शनिबार, भाद्र १९ २०७८

काठमाडौं, भाद्र १८ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर गौतमले एमालेका सबै पदबाट दिएको राजीनामापत्र कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

पछिल्लो पटक पार्टी एकताको अभियान चलाइरहेका गौतम कुनै पनि समूहमा खुलेका थिएनन् । 

ओलीलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा गौतमले आफुहरुले पटक पटक दिएको सुझावविपरीत ओली सुध्रिनु भन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन् ।

ओलीले जनताको बहुदलीय जनवादको मर्मको उपेक्षा गरेको ,  संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको गौतमको आरोप छ ।गौतमले राजिनामा पत्रमा उपाध्यक्ष पद र पार्टीको अन्य सबै जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।