शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आज कुन–कुन जिल्लामा भयो कांग्रेसको अधिवेशन ? बाकीमा कहिले ?

शुक्रबार, भाद्र १८ २०७८

काठमाडौँ l नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्गत वडामा अधिवेशन भइरहेको छ । मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशन कार्यतालिका अनुसार शुक्रबार ५६ जिल्लामा वडा अधिवेशन शुरु भएको हो ।

२१ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नभएकाले वडा अधिवेशनको टुंगो अन्योलमा छ । बाँकी जिल्ला अधिकांश जिल्लामा आज अधिवेशन भइरहेको कांग्रेस निर्वाचन समितिका सदस्य सचिव जगनाथ श्रेष्ठले जानकारी दिए ।

आज अधिवेशन सुरु भएका जिल्लामा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुली, मकवानपुर, भक्तपुर र गोरखा रहेका छन् ।

यस्तै लमजुङ, तनहुँ, कास्की, मनाङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी, रुपन्देही, अर्घाखाँची,रुकुम पश्चिम, जुम्ला, जाजरकोट, दैलेख, बझाङ, डोटी, अछाम र कञ्चनपुरमा पनि आज अधिवेशन भइरहेको उनको भनाइ छ ।

वडा अधिवेशन सुरु भएका केही जिल्लामा आज निर्वाचन भने भएको छैन । भक्तपुरमा आज उम्मेदवारी दर्ता, उम्मेदवारको प्रथम नामावली प्रकाशन, मनोनयन पत्रको दावी विरोध, मनोनयपत्र फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने क्रममा छ । यस्तै निर्वाचन भने २१ गते हुने छ ।

यसैगरी झापा र मुस्ताङमा १९ गते तथा दाङमा २० गते वडा अधिवेशन हुने श्रेष्ठले बताए । त्यसै गरी २१ गते धनकुटा, सुनसरी, नुवाकोट, धादिङ, चितवन, बाग्लुङ, नवलपुर, ललितपुर, पाल्पा, सल्यान र मुगुमा अधिवेशन हुने छ ।

गुल्मी, प्युठान, कालिकोट, दार्चुला र बैतडीमा २२ गते अधिवेशन हुने श्रेष्ठको भनाइ छ । रोल्पा र रामेछापमा २३ गते अधिवेशन हुने छ ।