काठमाडौं भाद्र १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित कटुञ्जेमा वडा अधिवेशनको उद्घाटन गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री देउवाले जिल्ला सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन नेकपा एमालेका नेता महेश बस्नेतलाई चुनौती दिएका छन् ।
यसअघि एमाले नेता बस्नेतले प्रधानमन्त्री देउवालाई भक्तपुरबाट चुनाव लडेर देखाउन चुनौती दिएका थिए । त्यसकै जवाफमा देउवाले जिल्ला सभापति दुलर्भ थापालाई चुनावमा हराएर देखाउन नेता बस्नेतलाई चुनौती दिएका हुन् ।
कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै देउवाले महाधिवेशनलाई सफल बनाउदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि सबैलाई आग्रह गरेका छन् ।