काठमाडौँ l नेप्सेमा भिषण पहिरो गएको छ । आज बिहिबार नेप्से ५० दसमलव १३ अंकले घटेर दुई हजार ९ सय २६ दसमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ आठ दसमलव नौ अंकले घटेर पाँच सय ४१ दसमलव ७७ अंकमा पुगेको छ ।
दुई सय ३० वटा कम्पनीहरुको एक लाख पाँच हजार सात सय ७५ पटकको कारोवारमा एक करोड ८१ लाख नौ हजार नौ सय ६७ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम नौ अर्ब ५० करोड ५९ लाख ७० हजार आठ सय २२ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव ४३ अंकले घटेर एक हजार नौ सय ६४ दसमलव ११ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय १६ दसमलव ७८ अंकले घटेर तीन हजार तीन सय ३० दसमलव ३२ अंकमा पुगेको छ ।
यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शुर्या लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।