आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

घाँस काटन गएकी १५ वर्षकी किशोरीमाथि सामूहिक बालात्कार

बिहिबार, भाद्र १७ २०७८

वीरगञ्ज – रौतहटमा १५ वर्षकी  किशोरीमाथि सामूहिक बालात्कार भएको छ । माधवनारायण नगरपालिकाकी एक किशोरीमाथि मंगलबार सामूहिक बालात्कार भएको प्रहरीले जनाएको छ ।

बालात्कार गरेको आरोपमा सोही नगरपालिका वडा नम्बर ३ बस्ने किशन सहनीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एव प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

घाँस काटन गएकी ती किशोरीलाई सहनीसहित तीनजनाले डर त्रास देखाई जबरजस्तीकरणी गरेका थिए । जबरजस्तीकरणी गरेको भनि किशोरीले पहिचान गरेको आधारमा सहनीलाई पक्राउ गरिएको भण्डारीले बताए ।

घटनामा संलग्न रहेका अन्य दुई जनाको पहिचान भईसकेको तथा उनीहरुको खोजी कार्य भईरहेको उनले बताए ।