आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रहरी प्रमुख रुख रोप्नमा व्यस्त

बिहिबार, भाद्र १७ २०७८

केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण सम्पन्न 
काठमाडौँ, l राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण कार्यक्रम बुधबार सम्पन्न भएको छ । 

उक्त अभियान शुभारम्भको अवसरमा गरिएको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी र उक्त कार्यदलका प्रमुख प्रहरी उपरीक्षक बेद विष्ट लगायतका प्रहरी कर्मचारीहरूले २ सय ५० वटा विरुवाको वृक्षरोपण गर्नुभएको हो । 

वृक्षरोपण गरिएकामध्ये धुपी ६० वटा, चाप ३५ वटा, ज्याकाराण्डा ३५ वटा, कपुर ४५ वटा, बर्रो १५ वटा, कल्की फूल ३५ वटा, पारीजात ५ वटा, ईपिलिप्सि १० वटा र अमला १० वटा रहेका छन् ।