आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रभुराम शर्माले लिए प्रधानसेनापतिको नियुक्तिपत्र

बिहिबार, भाद्र १७ २०७८

काठमाडाैं । कायममुकायम प्रधान सेनापति  रथी  प्रभुराम शर्मालाई  २०७८ भदाै १६ ‍गते रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालद्वारा प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम भदौ २४ गतेदेखि लागू हुने गरी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् ।

प्रधान सेनापति पुर्णचन्द्र थापा अवकास हुनु १ महिनाअघि साउन २४ देखि विदामा बसेपछि शर्माले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी पेका थिए ।