शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

बुधबार, भाद्र १६ २०७८

काठमाडौँ l अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार भने झिनो अंकले बढेको छ । नेप्से आज एक दसमलव १८ अंकले बढेर २९ सय ७७ दसमलव दुई अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव १६ अंकले बढेर पाँच सय ५० दसमलव ६९ अंकमा चढेको छ ।

दुई सय २६ वटा कम्पनीहरुको एक लाख चार हजार तीन सय ४२ पटकको कारोवारमा एक करोड ७१ लाख ८२ हजार आठ सय ७१ कित्ता सेयर किनबेच हुदा आज कारोवार रकम ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार छ सय ५४ रुपैयाँ ६५ पैसा पुगेको छ । 

आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक घटेकाछन भने पाँच वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव २३ अंकले बढेर १९ सय ८० दसमलव ४३ अंकमा चढेकोमा होटल तथा पर्यटन, जीवन बीमा, लगानी र ट्रेडिङ समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने ४१ दसमलव ९४ अंकले घटेर पाँच हजार छ सय ५९ दसमलव दुई अंकमा झरेकोमा फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज फष्र्ट म्युचुअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।