शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ङादी ग्रुप पावरको २० % बोनस शेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन

बुधबार, भाद्र १६ २०७८

काठमाडौं ।  ङादी ग्रुप पावर लिमिटेडको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन  बिहीवारसम्म रहेको छ । 

कम्पनीले लाभांश वितरण प्रयोजन र साधारण सभा प्रयोजनको लागि आगामी भदौ १८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पनि प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज ३ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ९ बजे क्विन्स क्याफे अनामनगर, काठमाडौंमा साधारण सभा बोलाएको छ ।