शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१२ सांसदले एमाले छाडेपछि वाग्मती प्रदेश सरकार अल्पमतमा, मुख्य मन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

बुधबार, भाद्र १६ २०७८

काठमाडौं, भाद्र १५ । वाग्मती प्रदेश सभाका १२ सदस्यले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।  १२ जना एमालेका सदस्य एकीकृत समाजवादीमा लागेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसगै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नया मूख्यमन्त्री दाबी पेश गरेका छन् । पार्टीको तर्फबाट आफुलाई नै अघि सारिएको भन्दै पाण्डेले  सबै दलको सहमतिको क्यान्डिडेट आफु मात्रै रहेको दाबी गरेका हुन् ।  

१२ जना प्रदेश सभा सदस्यले आज  प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर एकीकृत समाजवादीको नाममा सनाखत गरेको भक्तपुरका प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न पाउने निर्णय गरेको छ ।

एक सय १० सदस्यीय प्रदेश सभामा ५६ सांसद रहेको एमालेसँग अब जम्मा ४४ जना मात्रै सदस्य रहेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी हुन्  ।   गएको भदौ १ गते  शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी थिईन् ।