काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको दुई घण्टाको अवधिमा पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये नेपाल बैंक,मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,नेशनल हाइड्रोपावर,माछापुच्छ्रे बैंक र सानिमा इक्विटी फण्डको ईकाईमा उच्च खरीद माग रहेको छ ।
ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल बैंकको ३ लाख ८८ हजार ७१६ कित्ता शेयर खरीद माग रहेको छ ।
त्यसैगरी मनकामना स्मार्ट लघुवित्तको ३ लाख ७१ हजार ६२८ कित्ता,नेशनल हाइड्रोपावरको २ लाख ९५ हजार ६४७ कित्ता,माछापुच्छ्रे बैंकको २ लाख ३२ हजार ६८० कित्ता र सानिमा इक्विटी फण्डको इकाईमा २ लाख २९ हजार २०० इकाईको लागि खरीद माग रहेको छ ।