काठमाडौं, भाद्र १३ । नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नहुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुमाथि कारबाही नगर्ने निर्णय गरेसगै उनीहरुको पद जोगिएको छ । निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले उनीहरुमाथि कारबाही गर्न नमिल्ने संसद सचिवालयले जनाएको छ ।
एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरुलाई कारबाही गर्न नपर्ने सभामुखको निश्कर्ष छ ।
पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गर्नुभएको थियो । यसअघि सर्वोच्च अदालतले पनि पार्टीको ह्विप नमानेकै कारण सांसदहरूलाई कारबाही गर्न नमिल्ने फैसला गरिसकेको छ ।