शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा एक लाख ९१ हजार कित्ता शेयर सूचीकृत

आइतबार, भाद्र १३ २०७८

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.१३ प्रतिशत बोनस बापतको एक लाख ९१ हजार ५ सय २० कित्ता शेयर सूचीकृत भएको हो । उक्त संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने घोषणा गरेको थियो ।