काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ ।
कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । भदौ १४ गते सार्वजनिक विदा परेकाले आइतवार (भदौ १३ गते) सम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।
साथै कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । यी प्रस्ताव पारितका लागि कम्पनीले आगामी भदौ २६ गते साधारण सभा बोलाएको हो ।
कम्पनीले ११औं वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे देखि शुरु हुने जानकारी दिएको छ । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले बताइएको छ ।