काठमाडौँ l नेकपा एमालेका नेता महेश बस्नेतले माधव नेपालको १५ वर्ष र झलनाथ खनालको १३ वर्ष एमालेका लागि विर्सनलायक समय रहेको भनि टिप्पणी गरेका छन् ।
शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माधव नेपाल र झलनाथ खनालको नेत्रित्व कालमा एमालेको शीर निहुरेको थियो । हामीले गर्व गर्ने नेतृत्व भनेको मनमोहन, मदन भण्डारी र केपी ओली हुन् ।’
माधव नेपालले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको स्मरण गर्दै नेता बस्नेतले मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओलीको नेतृत्व एमाले र मुलुकका लागि गर्व गर्न लायक अवधि रहेको दाबी गरे ।
नेता बस्नेतले केपी ओली दिल्लीमा उपचार गर्न जाँदा झलनाथ र माधवले मरे हुन्थ्यो भनेर धुप हालेको आरोप लगाए । बस्नेतले एमालेमा मिल्ने भन्दा पनि निल्ने उद्देश्यले एकतामा आएका प्रचण्डको एमाले निल्ने प्रयास सफल नभएपछि माधव नेपाललाई लिएर बाहिरिएको बताए ।