काठमाडौँ l नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वमा सहभागी हुने औपचारिक निर्णय गरेको छ।
एमालेमै हुँदा नै देउवालाई विश्वासको मत दिएको नेपाल खेमाले नयाँ पार्टी बनेसँगै सरकारमा सहभागी हुने निर्णय शुक्रबारको स्थायी कमिटी बैठक बाट लिएको हो।
समाजवादीमा आएका साविक एमालेका पाँच जना स्थायी कमिटी सदस्यलाई स्थायी कमिटीमै राख्ने निर्णय भएको छ। समाजवादीसँग प्रतिनिधिसभाका २३ जना सांसद छन्।
माधव नेपाल नेतृत्वको पार्टीले उपसभामुखसहित ६ वटा मन्त्री पाउने करिब निश्चित भएको छ। उपसभामुखमा सरला यादव र कल्याणीकुमारी खड्का मध्ये एकलाई पठाउने तयारी अध्यक्ष नेपालले गरेका छन्।
त्यस्तै मन्त्री बन्नेको सूची पनि लगभग तयार अवस्थामा राखिएको छ।
पार्टी निकट स्रोतका अनुसार नयाँ पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, किसानकुमार श्रेष्ठ, मेटमणि चौधरी मन्त्री बन्ने निश्चित जस्तै भएको छ।