आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बुद्धचित्तको दाना सहित एक जना पक्राउ

शुक्रबार, भाद्र ११ २०७८

ललितपुर l ललितपुर महानगरपालिका–२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका–९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३६०७  नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।