शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन, असोज १५ बाट सुरु हुने

शनिबार, भाद्र ५ २०७८

काठमाडौं, भाद्र ५ । माल्दिभ्समा  हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघ साफ ले  यस अघि निकालेको तालिका परिवर्तन गर्दै आज नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल  असोज १५ गते  मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ ।

नेपालले तेस्रो खेलमा भारतसँग   असोज २४  र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग  असोज २७ मा खेल्नेछ ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर असोज ३० गते प्रतिस्पर्धा गर्ने छन् ।