शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज ग्रामीण विकास लघुवित्तको साधारण सभा, के दिदै छ साधारण सभाबाट ?

शनिबार, भाद्र ५ २०७८

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा  शनिवार हुने भएको छ ।

कम्पनीले सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय बुटवलमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । 

संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु,कम्पनी,संस्था र शेयर  सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझादारीबाट मनोनित वा निर्वाचित हुने दुई जना सञ्चालक चयन गर्ने र सर्वसाधारण समूह ख अन्तर्गतका शेयरधनीबाट दुई जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साथै सभाले ग्रामीण विकास लघुवित्त र अन्य कुनै पनि लघुवित्त एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।