शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रस्ताबित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय स्थापना

शनिबार, भाद्र ५ २०७८

काठमाडौ, l प्रस्तावित नेपाल सहकारी बैंक(प्रस्ताबित) को सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन । 

प्रस्ताबित बैकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई छ महिना पछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ ।  प्रस्ताबित बैकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको  जनाइएको छ । 

नेपाली काग्रेसका नेता ढुंगानाले अबको छ महिनाभित्र बैक सञ्चालनमा आउने बताए । उनले भने पुंजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैकको अपरिहार्य रहेको उल्लेख गरे । जहा प्रतिस्पर्धा हुन्छ त्यहा प्रगति हुन्छ, सोही आधारमा नेपाल सहकारी बैकदर्ता प्रकृया अघि बढेको हो । एउटा मात्र बैकले करिब ३४ हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैक स्थापना गर्न लागिएकोमा खुसी लागेको बताउदै त्यसको लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने उल्लेख गरे । 

उनले प्रधनमन्त्री शेरबहादुर देउवाको समेत प्रस्ताबित सहयकारी बैक स्थापना गर्ने चाहना रहेको बताए । उनले भने, उहाँले त धेरै बैक स्थापना गरेर सक्दो सेवा दिन सहज हुने वातावरण तयार गर्न आग्रह गरिसक्न्ुभएको छ । प्रस्ताबित बैकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने  दाबी गरे । उनले भने,, लाइसन पाउनासाथ कारोबार शुरु गरिहाल्नेछौ । केही साथीले यो बैकलाई नेपाली काग्रेसको बैक भनेर हल्ला गर्दै हिडेका छन् । केही ले त बैक खोल्न दिनै हुदैन भन्ने गरेका छन । तर म भन्छु यो बैक कुनै पार्टी विशेषको नभै देशैभरका सहकारीहरुको सेवामा समर्पित बैक हो । यसलाई पार्टी विशेषको हो भन्न मिल्दैन । 

प्रतिस्पर्धात्मक मुलुकमा यही प्रकृतिका करिब छ वटा बैक आवश्यक रहेको औल्याउदै त्यसको लागि सरकारले प्रकृया अघि बढाउन सहजीकरण गर्नुपर्ने बताए । उनले भने, अब यो बैक अघि बढिसकेको छ । आशयपत्र लिनासाथ देशैभर कारोबार अघि बढाउनेछौ । उनले राष्ट्र बैकले तोके अनुसारको सबै प्रकृया पुरा गरी अन्तिम चरणमा रहेको उल्लेख गर्दै अब छ महिनाभित्र अनु्मतिपत्र पाएर बैक सञ्चालनमा आउनेछ उनले भने । 

भण्डारीले राष्ट्र बैंक ऐनमा सहकारी बैंक सम्वन्धी व्यवस्था पनि थप हुनुपर्ने कुरामा जोड दिँदै सहकारी बैंक थपिँदा प्रतिस्पर्धा भई प्रारम्भिक सहकारी संस्थाहरूले राम्रो सेवा पाउने र ग्रामिण क्षेत्रमा पुँजीको विस्तार गर्न सहयोग पुग्ने बताए । तर राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूले भने नेपाल राष्ट्र बैंकबाट विगत चार बर्षदेखि नयाँ बैंक वित्तीय संस्थालाई लाइसेन्स नदिएकाले नेपाल सहकारी बैंकलाई पनि दिन नमिल्ने, एउटा सहकारी बैंक हुँदाहुँदै किन अर्को बैंक चाहियो ? भनेर कहि कतै अवरोध गर्नेगरेको उनको गुनासो थियो । 

साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने उनको भनाई थियो । यसअघि बैकले गएकोमाघ १७ गते प्रारम्भीक भेला आयोगना गरी बैक स्थापनाको प्रकया शुरु गरेको थियो । सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको बैंक संचालनमा छ । ऐनको धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंकहरु गठन गर्न सकिने कुरा उल्लेख छ । सोही ऐन अनुसार बैक स्थापान प्रकृया अघि बढाइएको हो । त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा पाँच सय एक संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । सहकारी ऐनले सहकारी बैंकको सेयर पूँजी नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुने प्रावधान राखिएको छ । प्रस्ताबित बैकले सबै प्रकृया पुरा गरी अन्तिम प्रकृया पुरा गर्न राष्ट्र बैकमा काजगपत्र पेश गरिसकेको छ ।