काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ९०६ दशमलव १० पुगेको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमा खरीद माग १ लाख ५७ हजार ५२० कित्ता शेयर छ भने विक्री माग शून्य रहेको छ ।