नेकपा एमालेबाट छुट्टिएर बनेको एमाले समाजवादी पार्टीमा ३१ सांसदहरु सामेल भएका छन् । उक्त पार्टीको नेतृत्व माधवकुमार नेपालले गर्ने भएका छन् ।
माधवकुमार नेपालको नेतृत्वमा खोलिएको एमाले समाजवादी पार्टीमा भीम रावल र घनश्याम भुसाल सहभागी छैनन् ।
माधव नेपाललाई सहयोग नगरेपछि उनीहरु एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ हो कि व=भन्ने आशंका उत्पन्न हुन थालेको छ । नेकपा एमाले विभाजन भएपछि उनीहरुले माधव नेपाललाई साथ दिंदै आएका थिए ।