शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

किन एका-एक माधब नेपाललाई तान्दै लगिन् झाक्रीले ?

बिहिबार, भाद्र ३ २०७८

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । निवेदन दर्ता गर्न जाँदा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले हातले तान्दै माधव नेपाललाइ अघि बढाएकी छिन । झाँक्रीले हातले तान्दै गरेको फोटो सार्वजनिक भएको छ ।

नेपाल समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको हो । नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको झाक्रीले जानकारी दिइन् । उनका अनुसार नेपाल समूहले नेकपा एमाले समाजवादी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो।

निवेदनमा पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ। नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बुधबारनै बसेको बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको थियो ।