काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि नेकपा एमाले विभाजन हुने भएको छ। नेता माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी राख्ने निर्णय गरेको छ। तर, दलसम्बन्धी ऐनले उक्त नामलाई अनुमोदन गर्छ या गर्दैन भन्नेचाहिँ परिक्षण बाँकी छ।
एमाले विभाजनतिर गएपनि आन्तरिक संघर्षका क्रममा साथ दिएका क्रिम नेताहरुले माधव नेपाललाई साथ नदिने निर्णय गरेका छन्। उपाध्यक्ष भिम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सचिवहरु गोकर्ण विष्ट र योगेश भट्टराईले ओलीको साथ नछाड्ने भएका हुन्।
‘एमाले विभाजनका लागि नेता नेपालले षडयन्त्र गरी सत्तापक्षसँग मिलेर अध्यादेश त्यो पनि २० प्रतिशतको बनाएर जारी गर्न लगाए। यसले विभाजनका लागि को अगाडि बढे भन्ने विषय स्पष्ट भएकाले प्रभावशाली नेताले मूल पार्टी नछाड्ने निर्णय गरेका हुन्’, स्रोतले भन्यो,‘अब एमालेको जीवन अझ गतिशील बनाउने कुरा भएको छ।’
अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि कार्यदलले तयार पारेको १० बुँदालाई स्वीकार गरे पनि नेता नेपालले त्यसलाई नमानेर एकीकरणका लागि खासै पहल नगरेको ठहर गर्दै मूल पार्टी छाड्न नसक्ने मुडमा अन्य नेता पुगेका हुन्।
माधवकुमार नेपालसँग अहिले अवसरवादीको झुन्ड मात्र कायम रहेको बताइएको छ। मन्त्री पदका लागि लालयित भएका कतिपय ओली पक्षमा रहेका सांसद पनि नेपालको साथमा हुनुले नै उक्त तस्बिर देखा पर्ने नेताहरु बताउँछन्।
जगन्नाथ खतविडा, विरोध खतिवडा, रामकुमारी झाँक्रीलगायतका अवसरवादीको उक्साहटमा आएर नेता नेपालले एमाले विभाजनको खेललाई अगाडि बढाएको ति नेताको भनाई छ। ‘अब एमालेको भविष्य अझ बलियो बनाउनका निम्ति सक्रिय रहेका छौं, जो जानुपर्ने हो आफैं हिँडे, जसले भविष्य देखेका छन् उनीहरु छन्’, स्रोतले भन्यो।