शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अरुण काबेलीका लगानीकर्तालाई दुवै हातमा लड्डु, १७.८९% लाभांश, शतप्रतिशत हकप्रद

बुधबार, भाद्र २ २०७८

काठमाडौं l अरुण काबेली पावरले १७.८९% लाभांश पारित गर्न भदौ २६ गते वार्षिक साधारण सभा डाकेको छ । ११औं वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे देखि सुरु हुनेछ । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

साभामा १७.८९% लाभांश पारित गर्ने विशेष प्रस्ताव राखिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७% बोनस सेयर र कर प्रयोजनको लागि ०.८९% लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको लागि स्वीकृत दिने प्रस्ताव सभामा लगिने छ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न भदौ १४ गतेसम्म सेयर खरिद गर्नुपर्नेछ ।