आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाली सेनामा कर्मचारी र तल्लो दर्जालाई किन गरिन्छ अपहेला ?

मंगलबार, भाद्र १ २०७८

भावी प्रधान सेनापति रथी प्रभुराम शर्माज्यू, हजुरलाई सर्व प्रथम हामी हार्दिक बधाई दिन चाहन्छाैं । नेपाली सेनाकाे गाैरवमय पद नेपाली सेनाकाे प्रधान सेनापतिकाे जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । हजुरकाे कार्यकाल सफलतामय रहाेस यही कामना गर्दछाैं ।

हामी नेपाली नेपाली सेनामा आफ्नाे दक्षता र कार्य क्षमताले आएका हाैं । किन हामी अधिकृतहरुबाट दिन प्रति दिन अपहेलित हुँदै आएका छाै ? नेपाली सेनामा कि त कर्माचरीकाे दरबन्दी खारेज नै गराैं हैन भने दिन प्रति दिन दवाव दिनु त्याे पक्षलाई राेकि अन्य साधारण आफ्नाे शैलीमा अनुशासित भएर बाच्न पाउँ । प्रधानसेनापति पूर्ण चन्द्र थापाले नेपाली सेनामा पदिक, बिल्लादार, सिपाही र फलाेअर्सकाे दरबन्दी कटाैती गरेर अधिकृतकाे दरबन्दी बढाएर जानु भयाे ।

के नेपाली सेना अब अधिकृतहरुकाे मात्रै जनशक्तिबाट चल्ने हाे ? एउटा हुद्दा र जम काे कमाण्डमा LRP/MRP जाने अरे । अधिकृतचाहिँ के अब सुतेर अरूलाई तनाब दिने बस्ने मात्र हाे ? खै वास्तविक नीति ? याे स्वार्थपूर्ति सबै अधिकृतकाे लागि मात्रै हाे ?

कर्मचारी पनि सबै कमजाेर छैनन । आफ्नाे जिम्मेवारी निर्वाह गरिरहेका छन् । दिनुस् थप जिम्मेवारी त्याे पनि निर्वाह गर्न सक्ने क्षमता बाेकेेरै बसेका छाैं । तर काम भन्दा बाहिर अनावश्यक यातना दिने नीति बन्द गरियाेस् ।

कर्मचारीले पनि ईन्फेन्ट्रीकाे राेल अनुसार खाेज्ने पति/अधिकृत सा’बलाई हाम्राे प्रश्न, तपाईले हाम्राे लागि अहिलेसम्म कुन कुरामा बाेलि दिनु भएकाे छ ? के तपाईंले हामीहरुलाई ईन्फेन्ट्री सरह हुद्दा/पदिक क्याडेड अहिले त परिमार्जन भएकाे बिल्लादार/पदिक क्याडेटमा जान पाउनु पर्छ भनेर पहल गरि दिनु भएकाे छ ?

तपाईंहरुकाे त अवसर धेरै हुन्छ त्याे अनुसार दुख गर्नु हुन्छ हामीलाई आफ्नाे ठाउँमा ल्याउन खाज्नु हुन्छ भने पहिले  हामीलाई पनि सबै बाटाे खुल्ला गरिदिनुस् न त्याे पहल किन गर्न सक्नु हन्न ? हामीलाइ सेवा सुबिधा दिनुस् तपाईं सरह हामी धेरै गुना अगाडि बढ्ने छाैं । तर खै ? हाम्राे माथि जाने बाटाे, खै हाम्राे अधिकृतकाे फुलि लगाउने रहर पूरा हुने बाटाे ?

दु:खकाे कुराे, नयाँ पासिङ आउट भएर पल्टनमा हाजिर हुन आएकाे छैन २६/२७ बर्ष भएकाे पदिकलाई तँ तँ र म म गर्ने अधिकृतलाई मेराे प्रश्न छ, तपाईं ती उमेर भएका पदिकसाप अनि हुद्दासंग पल्टनकाे बारेमा के छ भनेर साेध्नुस् । के यही हाे नेपाली सेनामा अधिकृतहरुकाे साेच र व्यवहार ?

काेही अधिकृत, नेपाली सेनाकाे फालओर्स पनि मान्छे हाे भन्दै हिंड्ने काेही सेनाका कर्मचारीकाे पछि लाग्ने वा चिफसा’ब कति बलियाे बन्दै गएकाे छ सेनाकाे सांगठानिक संरचना ।

जर्सा’बहरू र भावी चिफसावसँग एउटा प्रश्न याे कालाे अन्धकारबाट हामी कहिले बाहिर निस्कने ? भावी प्रधानसेनापतिज्यू अधिकृतबाट हुने याे तानाशाही  शैली बन्द गरियाेस । गरिबकाे छाेराले केही गर्छु भनी देखेकाे सपना कुनै अधिकृतले गर्दा अन्धकार नबनाेस् । नेपाली सेनाका पीडित कर्मचारी र तल्लाे दर्जा साँघु साप्ताहिकमा खबर छ l