शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी

मंगलबार, भाद्र १ २०७८

काठमाडौँ l मुलुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न  सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय  (एनडीयू)को  विस्तृत  परियोजना  प्रतिवेदन  (डीपीआर) तयार भएको छ ।

काभ्रेको  पनौतीमा  सञ्चालन  हुने  सो  विश्वविद्यालय  सञ्चालन  गर्ने  सिलसिलामा  तयार  पारिएको  विधेयकको मस्यौदा तयार भइसकेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका  सहायकरथी  तथा  प्रवक्ता  सन्तोषबल्लभ  पौड्यालले  विश्व  विद्यालयको  सङ्काय  (फ्याकल्टी)  तथा  अध्ययन  अध्यापनको  विषय  छनोट  गरी  आवश्यक  पाठ्यक्रम  विकाससमेत  सुरु  भइसकेको  बताए । 

आवश्यक पाठ्यक्रम विकासका लागि  विभिन्न  विषयका  चारजना  विज्ञ करारमा भर्ना गरी काम अगाडि बढाइएको छ भने थप सातजना विज्ञ करारमा  लिनका  लागि  आवश्यक  प्रक्रिया  अगाडि  बढाइएको  छ  ।  उनले  आर्थिक  वर्ष  २०८०/२०८१  भित्रमा  विश्वविद्यालय  सञ्चालनमा  ल्याई  पहिलो  तालिम  सुरु  गर्ने  लक्ष्यसहित कामलाई तीव्रता दिइएको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।